झरनाले निर्देशन गरेको ए मेरो हजुर २ को पब्लिसिटी म्याटर आउट


Filmy Kura, Mar 27, 2017 at 12:22 pm

नायिका झरना थापाले आफ्नो ३८ औं जन्मदिनको अवसर पारी ‘ए मेरो हजुर २’ को पोष्टर, एक गीत र रिलिज मिति सार्वजनिक गरेकी छिन् । चैत्र १३ गते साँझ राजधानीमा ख्याति प्राप्त कलाकारकर्मीका माझ बर्थ डे केक काटेर उनले फिल्मको पब्लिसिटी म्याटर आउट गरेकी हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘ए मेरो हजुर २’ झरनाको डेव्यू निर्देशकीय चलचित्र हो । सुनिल कुमार थापाको लगानी रहेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बाँनिया लगायतका कलाकार शीर्ष भूमिकामा छन् । समारोहमा बोल्दै झरनाले भनिन्, ‘ए मेरो हजुर २ स्व. मेरो गुरु निर्देशक शिव रेग्मी र स्व. नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा समर्पित गर्न चाहान्छु । मैले पर्दामा प्रत्यक्ष देखिएर जे जति अनुभव बटुले त्यहि अनुभवको आधारमा फिल्म निर्देशन गर्ने कोसिस गरेको छु । आज सबैमाझ जन्मदिनको अवसर पारी फिल्मको बारेमा बताउन पाउँदा खुसी छु । मेरो मात्र होइन ए मेरो हजुर २ को पनि आज जन्मदिन हो जस्तो महसुस गरेकी छु ।’

यता चलचित्रका कलाकारले पनि सुटिङ अनुभव सेयर गरेका थिए । माइनस १० डिग्री सेल्सियसको तापक्रममा पनि जाडो सहेर काम गरेको शीर्ष कलाकारको आशय थियो । २०७४ सालको भदौ १६ रिलिज मिति तय गरिएको फिल्मको सार्वजनिक गीतमा सलिनमान बाँनिया र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ भएका छन् । तिलिचो तालमा सुट गरिएको यो गीतलाई युट्युवमा राखिएको १७ घण्टा तीन लाख पटक हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो