पलाँसलाई एडल्ट सर्टिफिकेट, अर्धकट्टी हिरोले गाएको गीत बनेको छ यस्तो (भिडियो)


Filmy Kura, Mar 29, 2017 at 12:15 pm

चैत्र १८ अर्थात आउने शुक्रबारबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘पलाँस’ लाई सेन्सर बोर्डले एडल्ड सर्टिफिकेट दिएको छ । अब यो चलचित्र १६ वर्ष मूनिका बालबालिकाले हेर्न पाउने छैनन् ।

फिल्ममा समावेश केही संवाद तथा दृश्यलाई दृष्टिगत गरी सेन्सरले एडल्ड सर्टिफिकेट दिएको निर्मात्री कृषा चौंलागाईले बताएकी छिन् । रेखा थापा स्टारर चलचित्रको केही दिन अघि मात्र ‘ओएसटी’ गीत पनि रिलिज गरिएको थियो । जसमा शब्द, संगीत तथा स्वर ‘अर्धकट्टी’ फिल्मको हिरो प्रदीप बाँस्तोलाको रहेको छ । विभिन्न समस्याले गर्दा यौन व्यवसायमा लाग्न पुगेका युवतीको कथालाई चलचित्रले उठान गरेको छ । गीत संगीतले राम्रै चर्चा पाएको यस फिल्ममा रेखा थापा सँगै आयुव केसी र कामेश्वर चौरासियाको मुख्य भूमिका छ । सुवास कोइराला ‘पलाँस’ का निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो