यस्तो छ दयाहाङ र सौगात स्टारर फिल्म लप्पन छप्पनको ४ दिने कमाई


Filmy Kura, Mar 29, 2017 at 12:48 pm

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ ले ४ दिनमा १ करोड ६४ लाख ग्रस कलेक्सन गरेको छ । देशभरका ७० बढी सिनेमा घरबाट प्रदर्शन भएको फिल्मको व्यापार सुखद रहेको वितरक गोविन्द शाहीले जनाएका छन् ।

यता फिल्मका निर्माता डम्बर चन्दले चलचित्रले हाल सम्म गरेको व्यापारलाई सन्तोषजनक मान्न सकिने बताएका छन् । यहि गतिमा जाने हो भने फिल्मले डिजिटल राइट्स र नेपालको व्यापारबाट लगानी रिकभर गर्ने उनको भनाइ छ । त्यसो त विदेशका विभिन्न ठाउँमा समेत चलचित्र प्रदर्शनको चाजोपाजो मिलाइ राखेको उनले फिल्मीकुरालाई बताएका छन् ।

मुकुन्द भट्ट निर्देशित ग्याङस्टार जानराको फिल्ममा दया र सौगातको अलवा अर्पण थापा, वर्षा शिवाकोटी, सिड खरेल, प्रकाशजंग शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो