कथावस्तु मन परेर राधे गरेका हौं : निखिल/प्रियंका


Filmy Kura, Apr 6, 2017 at 6:51 pm

अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्कीले कथावस्तु मन परेर ‘राधे’ फिल्म गरेको बताएका छन् । बिहीबार राजधानीमा पत्रकार साक्षात्कारमा बोल्दै यी दुईले यो फिल्मको विषयमा आफ्ना कुरा राखेका थिए ।

निर्धारण गरिएको कार्यक्रम समय भन्दा झण्डै दुई घण्टा ढिलो समारोहमा पुगेकी प्रियंकाले निखिल सँग सेल्फी पनि लिन भ्याइन । निखिलले फिल्मको कथावस्तु कोही न कोही मानिसको वास्तविक जीवन सँग मेल खान पुग्ने बताए । निखिल सँग पहिलो पटक स्क्रिन सेयर गरेकी प्रियंकाले ‘राधे’ मा इमोशन, फिलिङ्स सबैकुरा भएको बताउँदै नयाँ वर्ष फिल्म हेर्दै उल्लासमय तवरले मनाउन आग्रह गरिन् । ‘राधे’ पात्र निभाएका निखिलले निर्देशकले दिएको चरित्रलाई सक्दो न्याय दिन खोजेको भनाइ राखे । त्यसो त उनले कुनै कुरामा पर्फेक्ट नभएको भन्दै आफू सिक्दै गरेको कलाकार भएको बताए ।

फिल्मका निर्माता सुशील पोखरेलले दर्शकले विगतका दिनमा झै यो पटक पनि साथ दिनेमा आफू विश्वस्त रहेको बताए । अहिले सम्मकै भिन्न कथावस्तु फिल्ममा आफूले उठाएको निर्माता पोखरेलको भनाइ थियो । यता निर्देशक जगदिश्वर थापा फिल्मलाई लिएर आशावादी देखिएका छन् । निखिल र प्रियंकाको अलवा फिल्ममा प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, सलोन बस्नेत, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म आगामी बैशाख १ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । चलचित्रलाई उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो