रेखाको भिलेन अवतारलाई १ दिनमा हेरे १ लाखले, यस्तो छ डायरी ट्रेलर


Filmy Kura, Apr 7, 2017 at 10:44 am

रेखा थापा पहिलो पटक भिलेन अवतारमा रहेको ‘डायरी’ ट्रेलरलाई युट्युवमा राखिएको १७ घण्टामा एक लाख बढीले हेरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र द्धन्द्धको समिश्रण पाइन्छ ।

समारोहमा रेखा भने आफन्त विरामी परेका कारण अनुपस्थित थिइन् । अनिल योञ्जनको डेव्यू निर्देशनमा तयार चलचित्रलाई छुल्ठिम गुरुङले निर्माण गरेकी हुन् । यस अघि ‘नोभेम्बर रेन’ फिल्ममा सहनायिकाको भूमिका निभाएकी छुल्ठिमको ‘डायरी’ मा शीर्ष भूमिका रहेको छ । यहि फिल्म मार्फत नायकको रुपमा सन्नी सिंहले डेव्यू गरेका छन् । छेतेन गुरुङ लिखित फिल्ममा रेखा, छुल्ठिम र सन्नीको अलवा दीनेश डिसी, राजकुमार उप्रेती, राजु लामा, कुशल विष्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा राजकुमार उप्रेतीको द्धन्द्ध, स्वप्निल शर्मा, इमान विक्रम शाह र मानस राजको संगीत, गम्भिर विष्ट, प्रविन तामाङ र कविराज गहतराजको नृत्य रहेको छ । आगामी जेठ ५ गतेबाट देशभरका हलमा फिल्म लाग्ने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो