बाबु बोगटीको देश खोज्दै जाँदा जेठ १२ मा रिलिज हुने, ट्रेलर बन्यो मन छुने


Filmy Kura, Apr 7, 2017 at 11:52 am

नायक तथा गायक बाबु बोगटी शीर्ष भूमिकामा रहेको चलचित्र ‘देश खोज्दै जाँदा’ आगामी जेठ १२ गते रिलिज हुने भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माण यूनिटले ट्रेलर सँगै रिलिज मिति सार्वजनिक गरेको हो ।

भुटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्मको ट्रेलर निकै मन छुने बनेको छ । ट्रेलरमा भुटानी शरणार्थीको दुःख, उनीहरुको चाहना र अधिकारको निमित्त गरिएको आन्दोलनलाई यथार्थपरक ढंगले देखाउन खोजिएको छ । साहित्यकाकार समेत रहेका प्रकाश आङदेम्बे यस फिल्मका निर्देशक हुन् । नवनिर्देशक आङदेम्बेले ५ वर्ष भन्दा लामो समयको गहन अध्ययन पछि फिल्मलाई पर्दामा उतार्न सफल भएको समारोहमा बताए । उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा बाबु बोगटी सँगै पुराना अभिनेता हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता ओली, केशव आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । रियालिटी वेस फिल्ममा काम गर्न पाउँदा खुसी लागेको शीर्ष कलाकारको आशय थियो ।

लाइन क्रस मूभि प्रस्तुत फिल्ममा विरेन्द्र क्षेत्रीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो