लोक फ्लेवरको कुम्भ करणको गीतमा निशा र गौरवले मर्काए यसरी कम्मर (भिडियो)


Filmy Kura, Apr 7, 2017 at 1:18 pm

पछिल्लो समय लोक फ्लेवरको गीत चलचित्रमा समावेश गर्ने गरेको पाइन्छ । यसैबीच ‘कुम्भ करण’ नामक फिल्ममा समावेश लोक शैलीको गीत हालै सार्वजनिक गरिएको छ ।

‘कुटु कुटु’ बोलको गीतमा अभिनेत्री निशा अधिकारी र अभिनेता गौरव पहारीले गजबैले कम्मर मर्काएका छन् । सुन्दै नाचु नाचु लाग्ने यो गीतलाई समीर आचार्य र सुधा रत्नले गाएका छन् । गोविन्द मधुर आचार्यको शब्द तथा संगीत रहेको गीतमा सुरेन बसेलको कोरियोग्राफी हेर्न सकिन्छ ।

छिट्टै प्रदर्शनमा आउने भनिएको ‘कुम्भ करण’लाई यस अघि ‘रोल्पा रोग’ निर्देशन गरेका दीपक ओलीले निर्देशन गरेका हुन् । आकाश पल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा भोला राज अधिकारी, निशा अधिकारी, गौरव पहारी, आकाश पल, कुल्दिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् ।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लगानी क्षितीज बस्नेतले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो