स्वस्तिमालाई छाता ओढाउँदै सुरजले भने, ‘रियल लभमा पर्न मन छ’


Filmy Kura, Apr 9, 2017 at 6:16 pm

त्यसो त नवनायक सुरज पाण्डे उमेरले पनि पाका छैनन् । निर्देशक दीपेन्द्र के खनालले अभिनयमा पाका देखेपछि उनले हिरो हुने मौका पाए ‘लभ लभ लभ’ नामक चलचित्रबाट । र यतिबेला आएर भने सुरज आफूले गरेको कामको रिजल्टको प्रतिक्षामा छन् । नयाँ वर्ष २०७४ को प्रारम्भ सँगै रिलिजमा आउने फिल्मको प्रचार प्रसारमा व्यस्त छन् यतिबेला नवनायक पाण्डे । उनको जोडीको रुपमा नायिका स्वस्तिमा खड्काले साथ दिएकी छिन् । फिल्ममा त सुरजले नायिका खड्कालाई छाता ओढाएका छन् नै तर अब उनलाई रियल लाइफमा समेत लभमा परेर कसैलाई छाता ओढाउने रहर जागेको छ ।

फिल्मीकुरा सँगको संवादमा सुरजले साच्चिकै लभमा पर्न मन लागेको बताए । मुसुक्क हाँस्दै उनले थपे, ‘पिरतीको छाता ओढाउन मन लागेको छ । स्वस्तिमाको त बिहे भइसक्यो त्यसकारण उनलाई खासै महत्व हुन्न होला । तर म कहिले काही फिल्मको जस्तै रियल लाइफमा पनि कल्पिन पुग्छु ।’ चलचित्रमा आफूले हिरो भन्दा पनि आम नेपालीको प्रतिनिधित्व गर्ने चरित्रलाई निर्वाह गरेको सुरजको भनाइ छ । यता अभिनेत्री स्वस्तिमाले भने यो फिल्म रियालिष्टक वेसको भन्न रुचाइन् । सिम्पल एउटा केटीको क्यारेक्टर फिल्ममा पोर्टे गरेको बताउने स्वस्तिमाले ‘लभ लभ लभ’ ले हरेक दर्शकको मन छुने दाबी गरिन् । ‘होस्टेल रिटन्र्स’ बाट डेव्यू गरेकी खड्काको यो दोस्रो चलचित्र हो । फिल्मबाट सुरज र स्वस्तिमा दुवै आशावादी छन् ।

शर्मिला पाण्डे जो विजनेश म्यान समेत हुन् उनले यो फिल्ममा लगानी गरेकी छिन् । ओजिलो विषयवस्तुका कारण फिल्ममा लगानी गरेको उनको भनाइ छ । ‘पशुपति प्रसाद’, ‘चपली हाईट’ जस्ता सफ फिल्म दिइसकेका युवा निर्देशक दीपेन्द्र के खनाल ‘लभ लभ लभ’ का निर्देशक हुन् । जसले पहिलो पटक लभस्टोरी फिल्म दर्शकमाझ दिन लागेका हुन् । बैशाख १ गते चलचित्रले देशव्यापी रिलिजको थालनी गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो