पर्दामा रियल लभस्टोरी उतार्दै मिलन, उमेश र कविताई लिएर बोबी निर्माण घोषणा


Filmy Kura, Apr 12, 2017 at 1:03 pm

हाल नर्वेमा बस्दै आइरहेका एक जोडीको रियल घटनालाई निर्देशक मिलन चाम्सले पर्दामा उतार्दै छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले रियल स्टोरीमा आधारित ‘बोबी’ निर्माण तथा निर्देशनको घोषणा गरे ।

पेशाले इन्जिनियर उमेश थापा र उनको जीवन संगीनी कविता गुरुङको वास्तविक प्रेम निकै इन्ट्रेष्टिङ रहेको बताउँदै यसलाई फिल्मको रुपमा ढाल्न लागेको निर्देशक चाम्सले बताए । उता आफ्नै प्रेमकहानीमा फिल्म बन्न लागेको र आफैले अभिनय गर्ने कुराले उमेश र कविता उत्साहित देखिन्थे । समारोहमा बोल्दा बोल्दै कविता भक्कानिइन् । चलचित्र नर्वे र नेपालका विभिन्न भेगमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका छन् ।

जून देखि छायांकन प्रारम्भ हुने फिल्ममा हाल यी दुई सहित क्याप्टेन विजय लामा कलाकारको रुपमा फाइनल भएका छन् । अन्य कलाकार तय हुन बाँकी छ । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराज थापाको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो