अष्ट्रेलियामा सन्नी र केकीको नेभर माइन्ड


Filmy Kura, Apr 12, 2017 at 1:34 pm

लामो समयदेखि अष्ट्रेलियामा प्रवासी जीवन बिताइ रहेका सन्नी ढकाल अब बिस्तारै कलाकारिता तर्फ पनि लाग्ने सोचका साथ अगाडि बढेका छन् । यसै क्रममा सन्नी र केकी अधिकारीको प्रमुख भूमिका रहेको सर्ट फिल्म ‘नेभर माइन्ड’ तयार भएको छ ।

सन्नी नेपाल आउँदा छायांकन गरिएको यो फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । हाल केही दिनका लागि अष्ट्रेलिया पुगेकी केकी उतै रहेको समय पारेर सोमबार राति एक विशेष कार्यक्रमकाबीच ‘नेभर माइन्ड’ को शो गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियामा रहेका व्यक्तिहरुले फिल्मको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र प्रतिको चासो र मायालाई हौसला प्रदान गर्ने तर्फ प्रवासी नेपाली लागेको भन्दै केकीले उनीहरुको खुलेर तारिफ गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो