चलचित्र झमक बहादुर निर्माण घोषणा, को को छन् त मुख्य कलाकार ?


Filmy Kura, Apr 15, 2017 at 1:47 pm


नयाँ बर्षको अवस पारेर नयाँ चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच नया बर्षको शुभकामना सहित चलचित्रको निर्माणको घोषणा गरिएको हो ।

यूबि फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही , मीन कुमार तामाङ , कुमार तामाङ , यादव प्रसाद देवकोटा , सुजता थापा , कल्याण अधिकारी , नियोना गुरुङ , राजु कमेडी , प्रविन श्रेष्ठ र बाल कलाकारको रुपमा सुमिना दाहालको मुख्य अभिनय रहने छ ।

यस्तै चलचित्रमा ओम सुनुवारको संगीत , राजु राई किरातीको द्वन्द र अनिल कुमार महर्जनको सम्पादन समावेश रहेको छ । यस्तै चलचित्रमा तारा देवी गुरुङ , आर्जन खड्का र जेनी रेग्मीको लगानी रहने छ । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको छायांकन काठमाडौँ र पोखरामा हुनेछ ।

चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्नेछन् । उनले भने, “झमक बहादुर” एउटा कमेडी बेस चलचित्र हो । यसमा कमेडी , एक्शन र रोमान्स सबैको मिश्रण हुनेछ ।’

चलचित्रमा धनि र गरिब बिचको द्वन्द र बिकृतिलाई हाँस्य शैलीमा प्रस्तुत गरिने कटुवालले जानकारी दिए । उनले चलचित्रको कथा वस्तुसँगै प्रस्तुति अनि गीत–संगीत निकै मजबुत रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो