सविन र अनुको रोमान्समा ‘काउसो’


Filmy Kura, Apr 15, 2017 at 2:01 pm

मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ । बिभिन्न क्षेत्रका ब्याक्तिहरु उपस्थित रहेको कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई, अनु पराजुली लगायतका कलाकारले चलचित्र भित्र रहेने एक दृश्य अभिनय मार्फत दर्शाउदै मुर्हत सर्ट दिए ।


मुर्हतमा पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदिप तिमल्सिनाले गरेका थिए ।अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गतेबाट फ्लोरमा जानेछ । सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी लगायतको अभिनय चलचित्रमा रहनेछ । ‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री रहेका छन् । चलचित्रमा पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वर हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो