कुमारी केटीका लागि साथीबीच लडाई, सायद २ ट्रेलरमा कति छ दम ?


Filmy Kura, Apr 15, 2017 at 2:29 pm

‘कुमारी केटी न तेरो न मेरो, जसले पट्यायो त्यसको’ यो डाइलग हो चलचित्र ‘सायद २’ को । केही दिन अघि रिलिज गरिएको ट्रेलरलाई युट्युव अडियन्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ ।

ट्रेलरमा मित्रता, त्रिकोणात्मक प्रेम, द्धन्द्ध र त्यसले निम्त्याउने परिणामको झलकलाई देखाइएको छ । दुर्गिस फिल्मस्को व्यानरमा निर्माण भएको यस फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतका कलाकार शीर्ष भूमिकामा रहेका छन् । फिल्म क्षेत्रमा कमर्सियल मेकरको ट्याग भिरेका सुनिल रावल ‘सायद २’ का निर्माता हुन् । यस अघि ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ बाट सफलताको स्वाद चाखिसकेका रावल यो पटक असार ३० पनि आफ्नो लागि फलदायी सावित हुनेमा आशावादी छन् ।

पुष्पराज न्यौपानेको लेखन तथा निर्देशनमा तयार फिल्ममा सुनिल सहित इश्वर श्रेष्ठ र सुभाष लामिछानेको लगानी रहेको छ । केदार भुषालको संवाद समावेश फिल्मलाई राजु विक्रम थापाले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो