राधे हाउसफूल हुँदा घामपानी र लभ लभ लभको व्यापारिक अवस्था के छ ?


Filmy Kura, Apr 15, 2017 at 3:04 pm

नयाँ वर्ष २०७४ रिलिज तीन फिल्म मध्ये ‘राधे’ राजधानीका केही स्टेशन सहित मोफसलमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । बैशाख १ रिलिज भएका तीन फिल्म मध्ये निखिल उप्रेती र प्रियंका कार्की अभिनित ‘राधे’ ले उत्साहपूर्ण ओपनिङ गरेको हो ।

शुक्रबार र शनिबार बिहानी शो मा राजधानीका गोपीकृष्ण, गुण तथा अष्टनारायणमा ‘राधे’ हेर्ने दर्शकको महासागर उर्लिएको वितरक गोपाल कायस्थले बताए । हामी कहाँ यथेष्ट बक्स अफिसको व्यवस्था नहुँदा यति नै रकम संकलन ग¥यो भनेर किटानीका साथ भन्न गाह्रो छ तथापी अन्य दुई फिल्मको तुलनामा ‘राधे’ माथि रहेको छ । वेपत्ता नागरिकको कथामा निर्माण भएको यस फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् भने यसका लेखक तथा निर्देशक जगदीश्वर थापा हुन् ।

यता सरल लभस्टोरी बोल्ने फिल्म ‘लभ लभ लभ’ लाई पनि दर्शकले रुचाएका छन् । विशेषगरी मल्टिप्लेक्स दर्शकले फिल्मलाई मन पराएका छन् । प्रेस शोबाट राम्रो प्रतिक्रिया पाएको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सुरज पाण्डे र स्वस्तिमा खड्काको फिल्ममा मुख्य भूमिका रहेको छ ।

त्यस्तै स्टारकास्टले भरिएको अर्को फिल्म ‘घामपानी’ को व्यापार पनि राम्रो रहेको छ । दयाहाङ राई र केकी अधिकारीले लिड गरेको फिल्ममा जातिय प्रेमलाई मूल विषयवस्तु बनाइएको छ । चलचित्र पत्रकार तथा समीक्षक दीपेन्द्र लामा निर्देशित फिल्मले मल्टिप्लेक्स हलमा राम्रो प्रभाव जमाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो