राधे करोड क्लबमा प्रवेश, यस्तो छ दुई दिने कमाई


Filmy Kura, Apr 16, 2017 at 1:55 pm

नया बर्षको दिनबाट रिलिजमा आएको चलचित्र ‘राधे’ले आक्रामक ओपनिङ गरेको छ । चलचित्रले २ दिन आक्रामक ओपनिङ गरेको हल संचालकहरुले बताएका छन् । नया बर्षको दिन चलचित्रले करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिएका छन् । पहिलो दिन काठमाण्डौका सिंगल थिएटरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । काठमाण्डौ बाहिर पनि चलचित्रको कलेक्शन उच्च थियो ।

शनिबार भने चलचित्रको व्यापारमा केहि कमी आएको थियो । निर्माणपक्षले उपलब्ध गराएको व्यापार आकडा अनुसार शनिबार चलचित्रले ४२ लाखको ग्रस कलेक्शन गरेको छ । यसरि, हेर्दा २ दिनमा चलचित्रले १ करोड २७ लाखको ग्रस कलेक्शन गरेको छ । निर्माता सुशिल पोखरेलले हलबाटै लगानी उठ्न अझै ५० लाखको व्यापार हुनुपर्ने बताएका छन् । शनिबार बिहान पानी पर्दा चलचित्रको बिहानी शो प्रभावित भएको थियो । चलचित्रको लगानी ६५ लाख रहेको छ । १४ लाख रुपैया डिजिटल राइट्स र ५ लाख विज्ञापनबाट उठिसकेको निर्माता पोखरेलको भनाई छ ।

आइतबारबाट चलचित्रले गर्ने व्यापारबाट यसको भविष्य थाहा हुनेछ । निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् । आउदो शुक्रबार पनि कुनै नया चलचित्र नभएकाले यसको फाइदा चलचित्रले उठाउन सक्छ । लगातार २ वटा चलचित्र असफल दिएका नायक निखिल उप्रेतीको स्टारडम सकिएको चर्चा भैरह“दा ‘राधे’को व्यापारले फेरि उनको क्रेज देखिएको छ । महिलाहरुले चलचित्रलाई बढी रुचाएको पाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो