वान टेक ओकेमा खिचिएको जालो टिजर रिलिज (भिडियो सहित)


Filmy Kura, Apr 16, 2017 at 5:38 pm

वान टेक ओकेमा खिचिएको चलचित्र ‘जालो’को टिजर युट्युव मार्फत रिलिज गरिएको छ । आइतबार रिलिज गरिएको टिजर अन्य फिल्मको भन्दा केही भिन्न खालको देखिन्छ ।

यस अघि ‘बिर्खेलाई चिन्छस्’ निर्देशन गरेका अराज केशव ‘जालो’का निर्देशक हुन । जसमा स्वयम निर्देशक र संगीतकर्मी मोहित मुनालको लगानी रहेको छ । आगामी जेठ १९ गतेबाट अल नेपाल रिलिज आरम्भ गर्ने यस फिल्ममा अनुप विक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

अराज केशव फिल्मस् प्रस्तुत ‘जालो’लाई हरि लामाले छायांकन गरेका हुन् । विश्व किर्तिमानको दौडमा रहेको यस फिल्मलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो