राष्ट्रपतिलाई भारतमा अपमान हुँदा गर्जिए राजेश हमाल


Filmy Kura, Apr 18, 2017 at 7:56 am

महानायक राजेश हमाल पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाली रहेका छन् । यसैबीच यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र उनलाई गरिएको स्वागतलाई लिएर राजेशले एक फेसबुक स्टाटस लेखेका छन् ।

राजकिय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई स्वागतको लागि भारतकी राज्यमन्त्री कृष्णा राज विमानस्थल पुगेकी थिइन् । राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले रिसिभ गर्दा राष्ट्रपतिको सम्मन नभएको भन्दै नेपाली फिल्मका महानायक गर्जिएका हुन् ।

उनले लेखेका छन्, ‘जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखान सक्दैन, तब यस्तो परिणाम आउँछ । तर कृपाा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तर्राष्ट्रिय जगतमा छवि कलंकित मात्र पारेको छैन, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारेको छ । सरकारलाई त लाज हुनुपर्ने हो ।’

उनले मात्र होइन राष्ट्रपतिको अपमान भएको भन्दै सामाजिक सञ्जालमा यतिबेला आम नागरिकबाट चर्को आलोचना भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो