अभिनेत्री करिश्माको राजेशलाई व्यङ्ग्यात्मक ठोकाई


Filmy Kura, Apr 18, 2017 at 8:24 am

अभिनेत्री करिश्मा मानन्धरले राजेश हमाललाई काठमाडौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लड्न सुझाब दिएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि भारत जाँदा स्वागत गर्ने क्रममा राज्यमन्त्री आएको कुरालाई लिएर राजेश हमालले फेसबुकमा टिप्पणी गरेपछि करिश्माले उनि प्रति व्यङ्ग्यात्मक ठोकाई दिएकी हुन् ।

फेसबुकमा करिश्मा लेख्छिन्, ‘राजेश हमाललाई सुझाव : यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाडौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लड्नुस मेरो भोट तपाईलाई हुनेछ ।’ अभिनेत्रीमा मात्र सिमित नरही हाल नयाँ शक्ति नेपाल पार्टीमा आबद्ध करिश्माले राजनीतिक रुपमै राजेशलाई प्रहार गरेकी हुन् । यता राजेश भने कुनै पार्टीमा संलग्न छैनन् । हेरौ, करिश्माको यो सुझावलाई राजेशले अब कसरी लिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो