रामबाबुको निर्देशनमा मिस्टर झोले बन्ने, दयाहाङ र वर्षा छन् लिडमा


Filmy Kura, Apr 20, 2017 at 8:18 am

‘पुरानो डुङ्गा’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा ‘मिस्टर झोले’ बन्ने भएको छ । बिहीबार काठमाडौंको नक्साल स्थित भाटभटेनी मन्दिरमा फिल्मको शुभ मुर्हत गरिएको छ ।

दयाहाङ राई र वर्षा राउतले फिल्मको लिड गर्नेछन् । यी दुईको अलवा फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, दिया पुन, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय रहनेछ । बैशाख ११ गतेबाट सुटिङ सुरु गरिने निर्माण पक्षले जनाएको छ । यहि सालको मंसिर महिना रिलिज लक्ष्य राखेको फिल्ममा टेकेन खड्काको लगानी रहनेछ ।

टेकेन र सिनेमा आर्टको संयुक्त प्रस्तुति ‘मिस्टर झोले’ यस अघि टेकेन निर्मित ‘झोले’ को सिक्वेल भने नभएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो