विश्व किर्तिमानी फिल्म जालोको ट्रेलर रिलिज, नीर शाह देखि मुना गौचनको अभिनय


Filmy Kura, Apr 20, 2017 at 7:21 pm

विश्व किर्तिमानी चलचित्र ‘जालो’ को ट्रेलर रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी वान सट ओकेमा खिचिएको फिल्मको ट्रेलर तथा पोष्टर आउट गरिएको हो ।

३ घण्टा ५३ मिनेट लामो समयको यी दुई फिल्मले नेपाली फिल्म इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । समारोहमा बोल्दै फिल्मका लेखक तथा निर्देशक अराज केशले चुनौती पूर्ण काम टिम वर्कबाट मात्र सम्भव भएको बताए । उता संगीतकर्मी समेत रहेका निर्माता मोहित मुनालले असम्भव कुरालाई पनि सम्भवमा परिणत गरेर देखाएको बताए ।

चलचित्रमा बरिष्ठ कलाकार नीर शाह, रविन्द्र खड्का, अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, मेनुका प्रधान, निराज प्रधान देखि नव कलाकार मुना गौचन सम्मको अभिनय रहेको छ । नीर शाहले सुरुमा यो प्रोजेक्टले मूर्त रुप पाउनेमा झिनो आशा संगालेको बताए । करियरकै च्यालेन्जीङ फिल्मको रुपमा ‘जालो’ लाई लिएर काम गरेको बताउँदै उनले निर्देशक अराजको काम प्रति स्यालुट गरे । कलाकारले फिल्ममा जोडिएर काम गर्दाको पललाई स्मरण गरेका थिए ।

दुई फिल्म निर्माण गर्न ७० लाखको बजेट लागेको निर्माण कम्पनीले जनाएको छ । ‘जालो’ लाई आम दर्शकले भने जेठ १९ गते हलमा हेर्न पाउनेछन् । हरि घले फिल्मका छायांकार हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो