बैशाख २२ मा भुवनको ब्ल्याक डायरी हलमा हेर्न पाइने


Filmy Kura, Apr 21, 2017 at 6:04 pm

लामो समय भइसकेको छ अभिनेता भुवन केसीलाई दर्शकले पर्दामा हेर्न नपाएको पनि । हो कुनै समय फिल्म क्षेत्रलाई लिड गरेका यी अभिनेताको पछिल्लो अभिनय रहेको चलचित्र अब दर्शकमाझ आउँदैछ । जून फिल्मको नाम हो ‘ब्ल्याक डायरी’ ।

युवा पिढीका दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको यो फिल्म यहि बैशाख २२ गते देशभर प्रदर्शन हुदैछ । क्याटभिजन प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण भएको ‘ब्ल्याक डायरी’मा भुवन केसी, रमेश सिंह, पूजा भट्ट, वविता घिमिरे, पवन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । बाइकर्स युवाको कथामा आधारित चलचित्रका प्रस्तुतकर्ता सविन शाक्य हुन् । सञ्चारकर्मी समेत रहेका सविन सस्पेन्स थ्रिल यस फिल्मले दर्शकको मन जित्नेमा आशावादी देखिएका छन् ।

अनोज अधिकारी निर्माता रहेको ‘ब्ल्याक डायरी’लाई सुुजन घिमिरेले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो