दर्शकको पर्खाइमा रेखा थापाको भिलेन रुप, एक्सनमा छ साउथ फिल्मको फ्लेवर


Filmy Kura, Apr 21, 2017 at 6:30 pm

अभिनेत्री रेखा थापा पहिलो पटक भिलेन भइ अभिनय गरेको फिल्म ‘डायरी’ हाल चर्चामा छ । सार्वजनिक ट्रेलरमा समावेश एक्सनका दृश्य, यसले उठाएको विषयवस्तु र प्रस्तुतिकरणलाई लिएर फिल्म केही खास बनेको हुनुपर्छ भन्ने धेरैको अनुमान छ ।

साउथ इन्डियन फिल्मको झल्को दिने ‘डायरी’को एक्सन दर्शकले हेर्नका लागि प्रतिक्षा गरिरहेका छन् । एयर कृउ प्रोडक्शन र छुल्ठिम इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति ‘डायरी’लाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । डेव्यू निर्देशक योञ्जनले फिल्ममा लगानी समेत गरेका छन् । त्यसो त यहि फिल्म मार्फत अभिनेत्रीबाट निर्मात्रीको परिचय थप्दै छिन् छुल्ठिम गुरुङ । फिल्मको विषयवस्तु मन परेरै लगानी लगाएको गुरुङको भनाइ छ ।

डायरी त प्राय हामी सबै लेख्छौ तर यो कस्तो खालको ‘डायरी’ हो त त्यसका लागि भने थाहा पाउन हल सम्म जानै पर्ने हुन्छ । जेठ ५ गते रिलिज आरम्भ गर्ने यस फिल्ममा सन्नी सिंहले नायकको रुपमा डेव्यू गरेका छन् । रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिहं, दिनेश डिसी, राज कुमार उप्रेती आदि कलाकार अभिनित ‘डायरी’का लेखक हुन् छेतेन गुरुङ । फिल्ममा स्वप्निल शर्मा, इमान विक्रम शाह र मानस राजको संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो