नयाँ वर्षमा फिल्मले गर्यो सुखद सुरुवात, चले तीन वटै फिल्म


Filmy Kura, Apr 21, 2017 at 6:56 pm

चलचित्र क्षेत्रका लागि वर्ष २०७४ को प्रारम्भ निकै सुखद देखिएको छ । नयाँ वर्षमा एक तमासले रिलिज भएका तीन फिल्म ‘राधे’, ‘घामपानी’ र ‘लभ लभ लभ’ले राम्रो व्यापार गर्न सफल भएका छन् । र अर्को कुरा पनि भन्दि हालौ कि यी तीनै फिल्म यतिबेला दोस्रो हप्तामा लागिरहेका छन् ।

‘राधे’ बेपत्ता नागरिकको कथामा निर्माण भएको फिल्म हो । जून फिल्ममा निखिल उप्रेती र प्रियंका कार्की शिर्ष भूमिकामा रहेका छन् । निखिल केबल एक्सनका लागि मात्र हुन् भन्ने आम दर्शकमा परेको छाप ‘राधे’ले मेटाइदिएको छ । यस अघि उनका दुई फिल्म फ्लप भए सँगै ‘राध’ेले पनि त्यहि प्रकारको नतिजा ल्याउने त होइन भन्ने एक खालको अन्यौलता सिर्जना भएको थियो तर निखिलले एक्सन सँगै अभिनय प्रशंशा गर्ने प्रकारको माहोल खडा गरिदिए । हलमा फिल्म हाउसफूल भइदियो । निखिल मात्र होइन प्रियंकालाई समेत ग्ल्यामरस नायिकाको रुपमा चिन्दै आएकोमा उनले नग्नता बेगर नै कथावस्तु अनुरुपको चरित्रलाई ‘राधे’मा ढाल्न सफल भइन् । त्यसपछि त के चाहियो ‘राधे’ राधेमय भयो भन्दा फरक पर्दैन । यता स्कृप्ट लेखकको राम्रो परिचय बनाएका जगदिश्वर थापाले निर्देशनमा समेत आफूलाई अब्बल सावित गराए । के कति निर्मातालाई मुनाफा भयो भन्दा पनि हामीले यहाँ नेपाली फिल्म हेर्ने दर्शकपनि प्रशस्त रहेछन् है भन्ने दृष्टान्त मात्र प्रस्तुत गरेका हौ ।

‘घामपानी’को सवालमा पनि धेरैबाट एउटै कुरा सुन्नमा आयो, पत्रकारले निर्देशन गरेको फिल्म खै के चल्ला र ? तर चलचित्र पत्रकार तथा समीक्षक दीपेन्द्र लामा राम्रो फिल्म बनाए चल्दो रहेछ भन्ने उदाहरण बन्न पुगे । यस अघि पत्रकारद्धारा निर्देशित फिल्म असफल भएका थिए । तर दीपेन्द्र यो मानेमा सफल सिद्ध भएका छन् । नेपाली अर्गानिक फिल्म हेर्न हलमा दर्शकको घुईचो नै लाग्यो । जातियताको प्रेम कथा मात्र उनले पस्केका छैनन् समाजलाई राम्रो सन्देश समेत छाड्न सफल भएका छन् । दयाहाङ राई र केकी अधिकारीले लिड गरेको फिल्म धेरैको प्रिय हुन पुग्यो ।

त्यस्तै प्रयोगवादी निर्देशकको रुपमा चिनिदै आएका दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ले रिलिज समय निकै कम हल पाएको थियो । तर सिम्पल लभ स्टोरीमा बनेको यो फिल्मको माउथ पब्लिसिटी यति सशक्त भइदियो कि फिल्मले हल बिस्तार गर्न सफल भयो । पहिलो पटक बिसुद्ध प्रेमकथामा फिल्म निर्देशन गरेका खनालको निर्देशकीय पक्षलाई धेरैले तारिफ गरे । स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा रहेको फिल्ममा लगानी शर्मिला पाण्डेले गरेकी थिइन् । यो फिल्मले व्यापारिक रुपमा पिक अप लिएपछि उनले ५ करोडको महंगो बजेटमा अर्को फिल्म निर्माण गर्ने अनौपचारिक घोषणा समेत गर्न भ्याएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो