इन्डियाको विभिन्न प्रान्तमा परिणामको च्यारिटी शो हुने


Filmy Kura, Apr 21, 2017 at 7:16 pm

२०७३ को माघ महिनामा नेपाल रिलिज भएको चलचित्र ‘परिणाम’ को इन्डियामा च्यारिटी शो गरिदैछ । निर्देशक तथा निर्माता हरि पराजुलीले इन्डियाको विभिन्न प्रान्तमा फिल्म लाग्ने फिल्मीकुरालाई जानकारी दिएका हुन् ।

उनले भने, ‘इन्डियाको सिलगुडी, गान्तोक, सिक्किम, आसमको निकारी, गुवाटी र मालबजारमा फिल्मको शो हुँदैछ । अहिले शोको चाजो पाजो मिलाउन म इन्डिया मै छु ।’ मूल घर भारत नै भएका निर्देशक पराजुलीले नेपाल रिलिजबाट भने सोचे जस्तो कलेक्शन गर्न सकेनन् । आसाममा भने यहि अप्रिल २३ तारिखका दिन फिल्मको च्यारिटी हुँदैछ । गोर्खा लोक कला संरक्षण मञ्चको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । चलचित्रमा मुकेश ढकाल, सारिका घिमिरे, किसान सुनार, झरना रिसालको मुख्य भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो