मंगोलियन फेसको बाहुल्यतामा नेप्टे, धम्पुसबाट सुरु हुनेछ सुटिङ


Filmy Kura, Apr 21, 2017 at 7:56 pm

कलाकारितामा झण्डै डेढ दशक अनुभव संगालेका नायक रोहित रुम्बा निर्माणमा होमिएका छन् । पूरा पूर मंगोलियन फेसको बाहुल्यतामा उनले गएको साता मात्र ‘नेप्टे’ निर्माणको घोषण गरे ।


सोसियल कमेडी ‘नेप्टे’को जेठ ५ गते धम्पुसबाट सुटिङ सुरु गरिदैछ । रोहितले फिल्मीकुरा सँगको कुराकानीमा भने, ‘१५/१६ वर्ष यहि क्षेत्रमा बिताइ सके । अब जे जानेको छु त्यसैमा झन दत्तचित्त भएर लाग्ने मेरो सोच हो । त्यसैले थप जिम्वेवारी बहन गर्दैछु ।’ मंगोलियन फेस हाबी रहेको ‘नेप्टे’ मा अहिलेका चल्तिका कलाकार दयाहाङ राईको साथमा छुल्ठिम गुरुङ, स्वयम मेकर रोहित रुम्बा, माला लिम्बु, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई लगायतका कलाकारले अभिनय गर्दैछन् । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गर्नेछन् । आखिर किन राखियो त ‘नेप्टे’ शीर्षक ? जवाफमा उनी भन्छन्, ‘खास नेप्टे भनेको नाक थेप्चो हुनेहरुलाई भन्ने हो । फिल्मको कथावस्तु नै यस्तै प्रकारको हुँदा टाइटल नेप्टे जुर्न गएको हो ।’

चलचित्रका लेखक किरण माइकल घिमिरे हुन् । रोशफी फिल्मस्को व्यानरमा निर्माण हुने ‘नेप्टे’मा रोशन श्रेष्ठको द्धन्द्ध, हरि घले लामाको छायांकन, दिनेश पाख्रिन र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो