नयाँलाई चान्स दिने निर्माता सुनिलले फिल्ममा स्टार नलिनुको कारण यस्तो


Filmy Kura, Apr 22, 2017 at 9:18 am

फिल्म क्षेत्रमा न्यू कमरलाई चान्स दिने निर्माताको रुपमा समेत चिनिन्छन् सुनिल रावल । उनी निर्मित फिल्मले अहिले सम्म नाफा नै कमाउन सफल भएको छ । त्यसो त कतिपय मेकर स्टार कलाकारलाई लिए फिल्म व्यावसायिक रुपमा जान सक्ने दाबी गर्छन् । तर निर्माता रावल स्टार बिना नै नयाँलाई लिएर कसरी सफल भएका छन् त ?

फिल्मीकुरा सँगको संवादमा निर्माता रावल भने, ‘स्टार लिन नसक्ने भन्ने त हुँदै होइन तर मैले अहिले सम्म बनाएका फिल्म टिनएजर्सको कथामा केन्द्रित छ । अर्को कुरा नयाँले खास लाख माथिको पनि डेमान्ड गर्दैनन् । ५० देखि ७५ हजार सम्म पारिश्रमिक दिए पुग्छ । र भन्ने नै हो भने मैले नयाँलाई चान्स नदिए कसले दिन्छ ?’ उनले कतिपय राम्रा कलाकार चान्स नपाएर मार्केटमा सड्न पुगेको भन्दै त्यस्तालाई दुर्गिश फिल्मस्ले स्थान दिने गरेको भनाइ राखे ।

कम बजेटमा फिल्म बनाउन माहिर निर्माता रावलले लिएका नयाँ कलाकार आज स्टार कलाकारको रुपमा छाइसकेका छन् । उनी निर्मित पछिल्लो चलचित्र ‘सायद २’ रिलिज पर्खाइमा छ । आगामी असार ३० गते अल नेपाल रिलिज हुने फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो