तक्मे बुढा बने झखमले, रातो घरबाट मेकरको रुपमा आउँदै (भिडियो)


Filmy Kura, Apr 22, 2017 at 10:02 am

हास्यकलाकार विल्सन विक्रम राई उर्फ तक्मे बुढा ‘झखमले’ बनेका छन् । जेठ १९ रिलिज फिल्म ‘रातो घर’ मा उनलाई ‘झखमले’को चरित्रमा पाउन सकिन्छ ।

तक्मेबाट परिचित विल्सनको यस फिल्ममा अभिनय मात्र होइन लगानी समेत रहेको छ । विल्सन विक्रम राई र सुरज सुब्बा नाल्बोको संयुक्त लगानीमा फिल्म तयार भएको हो । नाल्बो कै लेखन तथा निर्देशन रहेको ‘रातो घर’लाई कालो काम गर्नेको सेतो कथाको रुपमा चित्रण गरिएको छ । चलचित्रमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।

निकेश लिम्बु प्रस्तुत चलचित्र यस अघि विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । विदेश शोबाट लगानी सुरक्षित गरिसकेको फिल्म नेपाल रिलिजका लागि तयार भएको छ । फिल्ममा महेश खड्काको संगीत, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध, मेन्च रुम्दलीको कथा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो