जालोलाई रसियन कमेन्टको आतंक, युट्युव ट्रेन्डिङको नम्वर वानमा ट्रेलर


Filmy Kura, Apr 23, 2017 at 2:15 pm

दुई दिनमा ३ लाख ६६ हजार पटक हेरिएको वान सट ओकेमा तयार फिल्म ‘जालो’को ट्रेलर नेपाल र रसियामा युट्युव ट्रेन्डिङको नम्वर वानमा परेको छ ।

यस अघि वान सट ओकेमा १ घण्टा ३९ मिनेटको फिल्म ‘एआरसी’ निर्माण गरी रसियनले गिनिज बुकमा नाम लेखाएका थिए । सोही रेकर्ड नेपाली फिल्मले तोड्ने निश्चित भएपछि थुप्रै रसियनले ‘जालो’को ट्रेलरलाई लिएर कमेन्ट गरिरहेका छन् । अराज केशव लिखित तथा निर्देशित ‘जालो’ भने १ घण्टा ५३ लगाएर वान सटमा खिचिएको फिल्म हो ।

आगामी जेठ १९ गतेबाट अल नेपाल रिलिज थालनी गर्ने फिल्मलाई मोहित मुनालले निर्माण गरेका हुन् । यी दुई युवा यतिबेला फिल्मलाई लिएर निकै उत्साहित छन् । देशमा मात्र होइन विदेशमा समेत यस फिल्मको चर्चा चुलिदो छ । नीर शाह, रविन्द्र खड्का, अनुप विक्रम शाही, रमेन दास श्रेष्ठ, मेनुका प्रधान लगायतका कलाकारको अभिनय फिल्ममा हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो