नम्रता र कोशिश अभिनित पर्व ट्रेलर रिलिज, सस्पेन्स थ्रिल मूभि जेठ १२ मा लाग्ने


Filmy Kura, Apr 23, 2017 at 6:08 pm

अभिनेत्री नम्रता श्रेष्ठ र गायक समेत रहेका अभिनेता कोशिश क्षेत्री अभिनित चलचित्र ‘पर्व’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच आइतबार फिल्मको ट्रेलर आउट गरिएको हो ।


सस्पेन्स थ्रिल जनराको फिल्म आगामी जेठ १२ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । सुवास इन्टरटेन्मेन्ट र गोपीकृष्ण मूभिजको व्यानरमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनले समारोहमा भने, ‘यस अघि मैले लभस्टोरी जनराको फिल्म निर्देशन गरेको थिए । मेरो लागि समेत यो नौलो प्रयास हो । पहिला त यो प्रकारको फिल्म निर्देशन गर्न सक्दिन कि जस्तो लागेको थियो ।’ चलचित्रका निर्माता सुवास गिरी र निकिता पौडेल हुन् । निर्माता मध्येका एक सुवासले फिल्म रिलिज मिति सर्नुको कारण बारे प्रष्ट्याएका थिए । यस अघि फिल्म २०७३ को चैत्र २५ गते लाग्ने भनिए पनि प्राविधिक कारण बस सरेर जेठमा पुगेको हो ।


यता फिल्मका कलाकार कोशिश क्षेत्रीले ‘मोक्ष’ बाट फिल्म क्षेत्रमा बामे सरेको बताउँदै ‘पर्व’ बाट हिड्न सिक्ने बताए । सबैको साथ र सपोर्ट मिले एक दिन फिल्म क्षेत्रमा दौडेर देखाउने उनको भनाइ थियो । सुवास इन्टरटेन्मेन्टको व्यानरमा पहिला देखि नै काम गर्न मन लागेको बताउँदै उनले निर्देशक राउत प्रति धन्यवाद जाहेर गरे । अभिनेत्री नम्रता श्रेष्ठले सस्पेन्स थ्रिल मूभि दर्शकका लागि नयाँ टेष्ट हुन सक्ने बताइन् । विगतका दिनमा जस्तै यो पटक पनि दर्शकको साथ मिल्नेमा उनले जाशा व्यक्त गरिन् । त्यसो त यी दुई कलाकारको अलवा फिल्ममा माला लिम्बु, केशव भट्टराई, जेबिका कार्की लगायतका कलाकारको समेत अभिनय हेर्न सकिन्छ ।

राजेश श्रेष्ठको छायांकन रहेको ‘पर्व’ मा कविराज गहतराजको नृत्य निर्देशन, स्वयम अभिनेता क्षेत्रीको कथा, हिमाल केसीको द्धन्द्ध, किरण माइकलको पटकथा तथा संवाद रहेको छ । हाल फिल्ममा समावेश ‘काले दाई’ बोलको आइटम गीत चर्चामा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो