नेपाली पन झल्कने असारे भाका समावेश तुईन ट्रेलर रिलिज (भिडियो सहित)


Filmy Kura, Apr 24, 2017 at 8:06 pm

खेतमा बाउसे गर्दै गरेको, धानको बिऊ रोप्दै गरेको अनि साथमा असारे भाका । पूर्णतया ग्रामीण परवेशको झल्को दिने नेपाली पन बोकेको फिल्म ‘तुईन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । गाउका दुर दराज जहाँ अहिले सम्म पनि झोलुङ्गे पुल निर्माण हुन सकेको छैन सोही यथार्थ परक विषयमा ‘तुईन’ नामक फिल्म निर्माण भएको छ ।

प्रिश प्रोडक्शनको प्रस्तुति ‘तुईन’ लाई उत्सव थपलियाले निर्देशन गरेका हुन् । युवा निर्देशक थपलिया वास्तविक जीवन सँग नजिक रहेको फिल्मले आम दर्शकको मन जित्नेमा आशावादी छन् । राम प्रसाद उप्रेती निर्मित यस फिल्ममा प्रिश श्रेष्ठ, सुरज थापा, परिक्षित विक्रम राणा, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । अङ्चेन लामाले खिचेको फिल्ममा सुरेश अधिकारीको संगीत, भूपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो