५ करोड बजेटको फिल्ममा पशुपति प्रसाद हिरो, हिडेरै अमेरिका पुग्ने उद्देश्य


Filmy Kura, Apr 28, 2017 at 8:21 pm

हाल सम्म कै उच्च ५ करोड लगानीमा एक चलचित्र निर्माण गरिने औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सुरज सिने आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्शनले संयुक्त रुपमा उक्त बजेटको फिल्म निर्माण गर्न लागेको जानकारी दिएको हो ।

टाइटल तय नभइ सकेको उक्त महंगो बजेटको फिल्ममा ‘पशुपति प्रसाद’ फिल्मबाट सबैमाझ परिचित बनेका कलाकार खगेन्द्र लामिछाने लिड एक्टरको रुपमा रहनेछन् । तीन जना पात्र जो हिडेर अमेरिका पुग्ने उद्देश्य राख्छन् तीनै पात्र प्रवृत्ति र घटनामा फिल्म केन्द्रित रहने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई सफल युवा निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । अन्य कलाकार भने छनोट हुन बाँकी रहेको बताइएको छ ।


समारोहमा बोल्दै निर्देशक खनालले भने, ‘हामी विकासोन्मुख देशका जो कोही पनि विकसित राष्ट्र अमेरिका सम्म जीवनको एक पटक पुग्ने लक्ष्य लिन्छौ । सपनाको शहर अमेरिका पुग्नका लागि त्यो पनि हिडेर तीन युवाले के कस्तो संघर्ष गर्छन् त भन्ने कुरा यो फिल्ममा देखाइनेछ ।’ उनले फिल्म नेपाल सहित विदेशका विभिन्न ठाउँमा सुटिङ गरिने जानकारी दिए । हाइ बजेटको फिल्म बाहिर सुटिङ गर्न जाँदा विभिन्न निकाय सँग सहजीकरण गर्नुपर्ने अवस्था भएकाले चलचित्र बिकास बोर्डबाट त्यो किसिमको पहल र सहयोग आफूले लिएको उनको भनाइ थियो ।


यता कलाकार खगेन्द्र लामिछानेले निर्देशक दीपेन्द्र सँग मात्र काम गर्ने गरेको आरोप सुन्नमा आएको बताउँदै बाहिर व्यानरको फिल्ममा काम नगर्नुको कारण खोले । राम्रो गर्न सक्छु भन्ने खालको चलचित्रमा मात्र टिमअप गर्ने गरेको भनाइ राख्दै खगेन्द्रले विषयवस्तु अनुरुप यो प्रोजेक्ट गर्न अलि गाह्रै हुने बताए । चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले पहिलो फिल्म ‘लभ लभ लभ’ लाई सबैबाट सकारात्मक प्रतिक्रिया मिलेकोले नै दोस्रो फिल्म निर्माणमा होमिएको बताइन् । मंसिर १५ गतेबाट यो चलचित्र सुटिङ फ्लोर जानेछ ।

चलचित्र राम्रो बनोस् भनि बिकास बोर्ड अध्यक्ष राजकुमार राई, निमाता संघका अध्यक्ष आकाश अधिकारीले शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतका व्यक्तित्व उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो