अनमोलको कृ मा हँसिया भिलेन अनुप विक्रम


Filmy Kura, Apr 28, 2017 at 8:46 pm

हाल धमाधम सुटिङ भइरहेको चलचित्र ‘कृ’ मा ‘हँसिया’ फिल्मका भिलेन अनुप विक्रम शाहीले पनि अभिनय गर्ने भएका छन् । केही समय अघि मात्र चलचित्र ‘कमलेको बिहे’ सुटिङ सकाएका अनुप अब ‘कृ’ का लागि व्यस्त हुने भएका हुन । एक पछि अर्को फिल्ममा काम गरिरहेका कलाकार अनुप नेगेटिभ पोजेटिभ दुवै क्यारेक्टरमा देखिदै आएका छन् । उनले आफ्नो फेसबुक मार्फत ‘कृ’ फिल्ममा काम गर्न लागेको पुष्टि गरेका हुन् ।

चलचित्रलाई सम्पादक समेत रहेका सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । अभिनेता भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण भइरहेको फिल्ममा अनमोलले हाल सम्म कै उच्च पारिश्रमिक बुझेको चर्चा छ । झण्डै २० लाख रुपैया एक फिल्म खेले बापत लिएको खबरले मिडिया तातिरहेका बेला अनुपले चाहि कति पारिश्रमिक बुझे त यो झन कौतुहलताको विषय बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो