पूजाको जन्मदिनमा म यस्तो गीत गाउँछुको पहिलो गीत रिलिज (भिडियो सहित)


Filmy Kura, May 1, 2017 at 10:38 am

‘प्रेमगीत’ हिरोइन पूजा शर्माको जन्मदिन पारी आइतबार साँझ चलचित्र ‘म यस्तो गीत गाउँछु’ को पहिलो गीत रिलिज गरिएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको पहिलो गीतलाई युट्युवमा अपलोड गरिएको १५ घण्टा मै १ लाख ३१ पटक हेरिएको छ ।


सुदर्शन थापा निर्देशित चलचित्र आगामी असार ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । समारोहमा बोल्दै बर्थ डे गर्ल पूजाले भनिन्, ‘प्रेमगीतमा मलाई जसरी गीत क्यारेक्टरमा मन पराइ दिनु भयो त्यसरी नै म यस्तो गीत गाउँछुबाट झन माया गरिदिनु हुन्छ भन्ने अपेक्षा छ । पहिलाको भन्दा मैले मेरो काममा अझ निखारपन ल्याएको छु । विशेषत निर्देशक सुदर्शन जीलाई धन्यवाद दिन चाहान्छु । पल शाह सँग पहिलो पटक काम गरेको हुँ । दोस्रो तेस्रो पटक पनि उ सँगै काम गर्ने इच्छा छ ।’ बर्थ डे विस गर्ने सबैलाई उनले मन्चबाटै धन्यवाद दिइन् ।

यता अभिनेता पल शाहले भने आफू फिल्म क्षेत्रमा बामे सर्दै गरेको भनाइ राखे । उनले थपे, ‘म सिक्दै छु । दाई सुदर्शन मेरो लागि गार्जेन्ट हुनुहुन्छ । म आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्नेछु ।’

‘म यस्तो गीत गाउँछु’ मा पल र पूजा सँगै सरोज खनाल, रुपा राणा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा निर्देशक थापा र अभिनेत्री शर्माले लगानी लगाएका छन् । हाल सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ । उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन समावेश छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो