केकी सँग कुरा नमिल्दा महानगरमा मेनुका, २७ बाट सुटिङ आरम्भ हुने


Filmy Kura, May 3, 2017 at 3:54 pm

अभिनेत्री केकी अधिकारी सँग कुरा नमिलेपछि चलचित्र ‘महानगर’ मा मेनुका प्रधानलाई लिइएको छ । निर्माण संस्था मिडलवे फिल्मस्ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्ममा आबद्ध काष्ट एण्ड क्रिउलाई चिनाएको हो ।


चलचित्रका कार्यकारी निर्माता गोविन्द पराजुलीले केकीको नाम जोडिएको विषयमा प्रष्ट्याएका थिए । उनले भने, ‘केकीसँग कुरा नमिलेका कारण अनुबन्ध गर्न सकिएन । खास त सेड्युअल नमिलेरै हो ।’ चलचित्रमा कर्म र मेनुका शीर्ष भूमिकामा रहनेछन् । फिल्मका अभिनेता कर्मले स्क्रिप्ट पढ्दा निकै रमाइलो लागेको भन्दै ‘महानगर’ राम्रो बन्नेमा आशा व्यक्त गरे ।


चलचित्रलाई मोहन राईले लेखन तथा निर्देशन गर्नेछन् । यो फिल्म काठमाडौं महानगरको किनारामा बस्ने पीडा, दुख र एक्लोपन महसुस गर्ने मानिसहरुको कथामा आधारित हुने निर्देशक राईले भनाइ राखे । उनले जोडे, ‘ती मानिसहरुबीच पनि संवाद अनि प्रेम हुन्छ । निराशाबीच आशाको केन्द्र हुन्छ । यही कुरा फिल्ममा हेर्न पाइनेछ ।’ फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् । यहि बैशाख २७ गतेबाट फिल्मको सुटिङ आरम्भ हुनेछ । जेठ २२ भित्र फिल्मको सम्पूर्ण छायांकन सकाउने योजना निर्माण यूनिटको छ । यो चलचित्र मिडलवे फिल्मस्ले माउण्टेन रिभर फिल्मस् सँगको सहकार्यमा निर्माण गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो