जापानमा हुन लागेको सायद २ को ग्राण्ड प्रिमियरका लागि सम्पूर्ण तयारी पूरा


Filmy Kura, May 3, 2017 at 6:04 pm

यहि मे १४ तारिखका दिन जापानको राजधानी टोकियोमा हुन गइरहेको चलचित्र ‘सायद २’ को प्रिमियरको सम्पूर्ण तयारी पूरा भएको छ । टोकियोको नाकानो जिरो हलमा फिल्मको ग्राण्ड प्रिमियर हुने कुराले निर्माण यूनिट उत्साहित छ ।

फिल्मका निर्माता रावल सहित ५ जनाको टोली प्रिमियरमा सहभागी हुन जापान जाने निश्चित भएको छ । टोलीमा निर्माता रावल, फिल्मकी प्रस्तुकर्ता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठ र दुई जना चलचित्र पत्रकार रहेका छन् । विदेशमा रहेका नेपालीको डिमान्डका कारण स्वदेश रिलिज अगावै बाहिर प्रदर्शन गरिन लागेको निर्माण स्रोतले बताएको छ ।

युवा दर्शक लक्षित चलचित्र हिट फिल्म ‘सायद’ को नाम सापटी लिएर निर्माण गरिएको फिल्म हो । पहिलो सिरिजको निरन्तरता नभई अर्कै कथामा यो फिल्म तयार भएको कथाकार समेत रहेका फिल्मका निर्माता रावलले बताउँदै आएका छन् । हेरौ जापानमा यसले कतिको सकारात्मक प्रतिक्रिया बटुल्न सक्छ । हामी मे १० पछि अपडेट त गर्ने नै छौ । ख्याल रहोस् यो फिल्म नेपालमा भने असार ३० गते रिलिज हुँदैछ । पुष्पराज न्यौपाने फिल्मका निर्देशक हुन । युवा पुस्ताका सम्भावना बोकेका कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डेले फिल्मको लिड गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो