लालटिनमा बार गर्लको रुपमा प्रियंका, स्टार कलाकारले दादागिरी गरेको भानुको भनाई (भिडियो)


Filmy Kura, May 5, 2017 at 1:03 pm

युट्युवबाट ट्रेलर सार्वजनिक भएकै समयमा चलचित्र ‘लालटिन’ यूनिटले रंग पत्रकार सँग साक्षात्कार गरेको छ । बिहीबार दिउँसो ट्रेलर सार्वजनिक पछि पत्रकारको जिज्ञासा माथि रहेर कलाकार तथा मेकरले आफ्नो भनाइ राखेका थिए ।


समारोहमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई र प्रियंका कार्की भने समय व्यस्तताका कारण उपस्थित हुन सकेनन् । ‘लालटिन’ का प्रस्तुतकर्ता भानु प्रतापलाई पत्रकारबाट यही कुराको प्रश्न उठ्यो । तपाईको फिल्ममा अहिलेका स्टार दया र प्रियंकाले प्रचारका लागि समय नदिएको हो भन्ने प्रश्नमा भानुले भने, ‘खै म पनि अचम्ममा पर्छु । अहिलेका स्टार कलाकारमा दादागिरी निकै बढेको छ । मेकरले लाखौ करोडौ लगाएर फिल्म बनाएको हुन्छ । फिल्मका कलाकार नै नहिड्दा के हुन्छ तपाईहरुलाई थाहा नै छ ।’ उनले चलचित्र निर्माता संघमा पनि यस विषयमा उजुरी परेको बताए । स्टार कलाकारमा अहम हुनु राम्रो नभएको भानुको भनाइ थियो । त्यसो त यहि फिल्मबाट दुई जना यूथ कलाकारले डेव्यू गरेका छन् । निर्जन थापा र राज कटुवाल ‘लालटिन’ मार्फत दर्शकमाझ आउँदैछन् । यी दुवैले आफ्नो साइडबाट राम्रो काम गर्ने कोशिस गरेको बताउँदै दर्शकलाई पनि फिल्म मन पर्ने विश्वास व्यक्त गरे । एक लभर ब्वाईको भूमिकामा निर्जनलाई देख्न सकिन्छ भने पुलिस अफिसरको भूमिकामा राजले अभिनय गरेका छन् ।


चलचित्रका अर्का कलाकार शिशिर भण्डारीले गेष्ट अपिरियन्सको भूमिका निर्वाह गरेको बताए । अनिम श्रेष्ठद्धारा निर्मित फिल्म आगामी जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । निर्माता श्रेष्ठले आफू नयाँ भएको भन्दै कामको मूल्याङ्कन गरेर मात्र कमेन्ट गर्न आग्रह गरे ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई बार गर्लको रुपमा देख्न सकिन्छ । अतिथि भूमिकामा अभिनेत्री केकी अधिकारीले पनि अभिनय गरेकी छिन् । रोशन श्रेष्ठको द्धन्द्ध, हरि घलेको छायांकन, कविराज गहतराजको नृत्य चलचित्रमा हेर्न सकिन्छ । देव कुमार श्रेष्ठ फिल्मका निर्देशक हुन् ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो