अन्डरग्राउन्ड भएर अभिनेत्री ऋचाले ल्याइन आधा लभ, पूरा हुने दिन जेठ २६


Filmy Kura, May 5, 2017 at 1:33 pm

अभिनेत्री ऋचा शर्माले अन्डरग्राउन्ड भएर कोही कसैलाई पत्तै नदिई आफ्नै व्यानरबाट एक फिल्म ल्याएकी छिन् । कुनै सुइको बेगर नै फिल्मको सम्पूर्ण कार्य सकाएर अभिनेत्री शर्माले राजधानीमा बिहीबार उक्त फिल्मको रिलिज मिति तथा ट्रेलर सार्वजनिक गरेकी हुन् ।

नाम नी अलि भिन्न लाग्न सक्छ फिल्मको ‘आधा लभ’ । ‘कतिको जीवनमा पूरा लभ हुन्छ अनि कतिको जीवनमा आधा मै सिमित’ उनले थपिन, ‘जीवनको भोगाईलाई यस फिल्ममा हामीले अटाएका छौ ।’ ऋचा शर्मा फिल्मस्को व्यानरमा निर्माण भएको यस फिल्मलाई अर्पण थापाले निर्देशन गरेका छन् । अर्पण आफैमा एक कुशल कलाकार समेत हुन् । यो फिल्ममा थापाले पनि अभिनय गरेका छन् । चलचित्रमा ऋचा र अर्पणको अलवा बरिष्ठ कलाकार मिथिला शर्मा, टिका पहारी, रेमन दास श्रेष्ठ, रोजिशा शाही, विपिन मिकि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।


फिल्मीकुराले किन गुपचुप रुपमा फिल्म लिएर एक्कासी देखिनु भयो भनि नायिका तथा निर्मात्री ऋचालाई प्रश्न गरेको थियो । जवाफमा उनले भनिन्, ‘म ज्यादा हल्लामा भन्दा काममा विश्वास गर्छु । अब हल्ला गर्ने पालो त बल्ल आएको छ ।’ चलचित्र आउँदो जेठ २६ गते रिलिज गरिने निर्माण यूनिटले जनाएको छ । आफ्नै व्यानर स्थापना गरी फिल्म लिएर दर्शकमाझ आउन लागेकी ऋचालाई शुभकामना दिन पुगेकी थिइन् अर्कि अभिनेत्री निशा अधिकारी । निशा र ऋचा रियल लाइफका समेत बेष्ट फ्रेन्ड हुन् ।

यता फिल्मका लेखक, निर्देशक तथा कलाकार अर्पण थापाले ‘आधा लभ’ आफै बोल्ने बताए । कुरामा भन्दा आफू कर्मममा विश्वास गर्ने उनको भनाइ थियो । चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो