पर्वत पुगेर दीलिप रायमाझी र रजनी केसीले देखाए रमिता


Filmy Kura, May 5, 2017 at 4:51 pm

अमेरिका भासिएका अभिनेता दीलिप रायमाझी र ‘परदेशी’ नायिका रजनी केसी ‘रमिता’ मा एकसाथ देखिएका छन् । पर्वत जिल्लाको कुस्माबाट आजदेखि यस चलचित्रको सुटिङ सुरु गरिएको छ ।

सुटिङ स्थलबाटै फिल्मीकुरा सँग संवाद गर्दै उनले फिल्मको विषयमा थप जानकारी गराएकी छिन् । अभिनेत्री केसीले बताए अनुसार फिल्मको सुटिङ सेड्यूअल एक महिनाको रहेको छ । रन्जित कुमार केसीले एक्सन कटको काम गरिरहेका छन् । टिमको क्याप्टेन केसी फिल्मका लगानीकर्ता समेत हुन् । उनी सहित इश्वरी प्रसाद कँडेलले लगानीमा साझेदारी गरेका छन् ।

रजनीले आफू एक टिपिकल गाउले केटीको भूमिकामा रहेको बताइन् । उनले भनिन्, ‘म पर्वतेली गाउले केटीको भूमिकामा छु । मैले बोल्ने बोली र लवज फरक रहेको छ ।’ अभिनेता रायमाझी राम्रो आर्टिस्ट र डान्सर भएको भन्दै सँगै काम गर्दा कम्फर्ट फिल गरेको उनको भनाइ छ । चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन् ।

‘रमिता’ टिपिकल बेस स्टोरीमा आधारित रहेको समेत अभिनेत्री केसीले जानकारी गराएकी छिन् । त्यसो त अमेरिकाबाट नेपाल आएको बखत भ्याए सम्म फिल्ममा काम गर्ने गरेका दीलिप ‘रमिता’ को सुटिङ अवधिभर रहनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो