आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’ टिजर रिलिज (भिडियो)


Filmy Kura, May 6, 2017 at 7:41 pm

हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजर रिलिज भएको छ । टिजरमा डेब्यू ब्वाई आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । फिल्मको नामले जस्तै टिजर पनि ग्यङ्गस्टर लाग्छ ।

निर्माण घोषणाको समयदेखि नै उदयिमान प्रतिभाको रुपमा अनि फिल्म उद्योगको लागी आशाको किरण मानिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ । फिल्म भित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।

सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केहि हप्ता पहिले मात्रै नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।

रिलिजको केहि घण्टामै युट्युवमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । धेरै दर्शकले आशिरमान र आनाको यो फिल्मलाई ‘अवेटेड’ लेखेका छन् । शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन् । ‘ग्याङ्गस्टर ब्लूज’मा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो