काले दाईको किर्तिमानी, १ करोड भ्यूज् पाए सँगै पर्वलाई होला प्लस ?


Filmy Kura, May 6, 2017 at 7:46 pm

नेपाली चलचित्रका गीतहरुले अहिले युटुबमा निकै राम्रो भ्यू पाउन थालेका छन् । दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ । बिहे, पार्टीदेखि विभिन्न समारोहहरुमा चलचित्रका गीत हाबी भैरहेका छन् । यो चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो ।

जेठ १२ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत पनि अब १ करोड भ्यू पाउने गीतको सूचीमा जोडिएको छ । सार्वजनिक भएको ५ महिनामा यो गीतको भिडियो युटुबमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ । चलचित्रको यो गीतका कारणले पनि चलचित्रको व्यापारमा फाइदा पुग्ने पक्का छ । मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको यो गीतलाई दर्शकले निकै मन पनि पराइरहेका छन् । भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । चलचित्रको सस्पेन्स–थ्रिलर ट्रेलर पनि सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो