कलाकार दीपक क्षेत्रीलाई बचाउन समाजसेवी र वुद्धिजिवीले खेले फुटबल


Filmy Kura, May 6, 2017 at 9:30 pm

हाल उपचारार्थ अग्रज कलाकार दीपक क्षेत्रीलाई सहयोग संकलन गर्ने उद्देश्य सहित शनिबार  कलाकार भर्सेस समाजसेवी तथा वुद्धिजिवी बीच फुटबल खेल सम्पन्न भएको छ ।


काँडाघारी संयुक्त युवा क्लव र बक्स अफिस फिल्मी क्लवको संयुक्त आयोजनामा राजधानीमा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । खेलमा कलाकारको टोली शून्यका विरुद्ध तीन गोलले विजयी भएको छ । मोडल तथा नृत्य निर्देशक शंकर विसीले दुई गोल गर्दा अर्का कलाकार आकाश बाबु खवासले एक गोल थप्दै टिममा जित सुनिश्चित गरेका हुन् ।


कलाकारका तर्फबाट केदार घिमिरे ‘माग्ने बुढा’, पल शाह, पूजा शर्मा, धिरेन शाक्य, सलोन बस्नेत, शुभेच्छा थापा, शंकर विसी, आकाश बाबु खवास लगायतले फुटबल खेलेका थिए । विरामी कलाकार दीपक क्षेत्री स्वयम खेल हेर्न मैदान पुगेका थिए ।


उनलाई एक वर्षका लागि पुग्ने रासन फुटबल आयोजकले उपलब्ध गराएको छ । स्मरण रहोस् लामो समय देखि कलाकार क्षेत्रीको घाँटीमा मासु पलाएपछि उनको स्वर गुम्दै गएको थियो । त्यहि स्वर फर्काउन देश तथा विदेशबाट यतिबेला अर्थ संकलनको कार्य भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो