सायद २ लिएर जापान उडे सुनिल, को–को छन् टोलीमा थाहा पाउनुस्


Filmy Kura, May 8, 2017 at 1:37 pm

‘सायद २’ फिल्मको प्रिमियरका लागि निर्माता सुनिल रावलको एक टोली जापान प्रस्थान गरेको छ । मे १४ तारिखका दिन जापानको राजधानी टोकियोमा हुन लागेको ग्राण्ड प्रिमियरका लागि आज फिल्मका निर्माता रावल, अभिनेता सुशील श्रेष्ठ, प्रस्तुतकर्ता दुर्गिश थापा, आन्या रावल, पत्रकार श्याम अर्याल र सचित खड्का सहित ६ जनाको टोली जापान उडेको हो ।

सुदूर पश्चिमका जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोगार्थ हुन लागेको प्रिमियर भव्य रहने दुर्गिश फिल्मस्ले जनाएको छ । पुष्पराज न्यौपाने निर्देशित चलचित्र नेपालमा भने आगामी असार ३० गतेबाट रिलिजमा आउनेछ । सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे आदि कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो