पहिलो पटक म्युजिक भिडियोमा मुन्द्रे, पिरतीको चस्मा लगाउन प्रेमीकालाई अनुरोध


Filmy Kura, May 8, 2017 at 5:46 pm

हास्य कलाकारको रुपमा परिचित जितु नेपाल ‘मुन्द्रे’ पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् । यूवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा मुन्द्रे मोडल बनेका हुन् । जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हास्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा मोडलको रुपमा अभिनय गरेको प्रतिक्रिया दिएका छन् ।

यस अघि थुप्रै गीतमा अभिनय गर्ने प्रस्तावलाई अस्वीकार गर्दै आएका जितुले राजा राजेन्द्रको प्रस्तावलाई भने अस्वीकार गर्न नसकेको बताएका छन् । राजा राजेन्द्रको रोमान्टिक गीत उत्कृष्ट लागेकाले म्युजिक भिडियो आफु पनि देखिएको उनले स्पष्ट गरेका छन् । गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । यस भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाल लगायतको अभिनय छ ।

राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

सिनेमा र कार्यक्रमहरुमा कहिले काहीँ नाचेको गीतको तालमा नाच्न आफुलाई निकै कठिन भएको जितुले बताए । म्युजिक भिडियोमा बल्लतल्ल नाचेका जितुले नाच्न भन्दा हँसाउन सजिलो भएको भन्दै आफूलाई कहिल्यै पनि नाचेर खान्छु जस्तो नलागेको खुलाएका छन् । ‘शुरु देखि नै नृत्यमा रुची राखेर सिकेको भए त सकिन्थ्यो होला । तर अहिले भने नाच्न अलि गाह्रै लाग्ने रहेछ । मेरो कलाकारिता प्रवेश पनि हाँस्य कार्यक्रमबाटै भयो । शुरु देखि नै प्रहसन गर्ने र सिरियलहरुमा कमेडि रोलहरु गर्ने तिर नै लागेँ । तर बागबजारमा रहेको ‘नेपाल आर्टस डान्स सेन्टर’मा आफुले नाचेको उनले बताएका छन् । म नृत्यको पारखी हो मलाई एकदमै नृत्य गर्न मन लाग्छ तर स्टेपहरु मरिकाटे नमिल्ने’, जितुले थपे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो