प्रदीप चाहान्छन् स्वस्तिमालाई मोटरसाइकलमा घुमाउन, प्रेमगीत २ गीत रिलिज (भिडियो)


Filmy Kura, May 8, 2017 at 6:25 pm

चलचित्र ‘प्रेमगीत २’ को अर्को गीत रिलिज गरिएको छ । ‘मोटरसाइकलमा’ बोलको गीत आज युट्युव मार्फत रिलिज गरिएको हो । क्लब गीतमा फिल्मका शीर्ष हिरो प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का फिचरिङ भएका छन् । आशुशेन फिल्मस्को व्यानरमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतमा स्वर इन्दिरा जोशी र प्रताप दासको रहेको छ । राजेश कुमार श्रेष्ठ र बबिनको शब्द रचनालाई अलिश कार्कीले मिठो संगीत भरेपछि भिडियोलाई हेरौ हेरौ लाग्ने बनाएकी छिन् कोरियोग्राफर रेनशा वान्तवा राईले ।

श्रावण १३ गतेबाट अल नेपाल रिलिज हुने यस फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । स्तरिय फिल्म मेकिङका लागि कम्परमाइज नगरी करोडौ लगानी गर्ने सन्तोष सेन ‘प्रेमगीत २’ का निर्माता हुन् । स्क्रिप्ट लेखनमा राम्रो दख्खल भएका रामशरण पाठकले यो फिल्मको निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो