कुन कुन कलाकारले गरे स्थानीय तह निर्वाचनमा मतदान ?


Filmy Kura, May 14, 2017 at 5:59 pm

बैशाख ३१ गते भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनमा हाम्रा कलाकर्मी पनि उत्साहपूर्वक सहभागी भएका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म भएको मतदानमा को–को कलाकारले भोट हाले त भन्ने बारेमा हामी यहाँ चर्चा गर्दैछौ ।

झण्डै दुई दशक पछि भएको स्थानीय निर्वाचनमा अहिलेकी नम्वर वान नायिका प्रियंका कार्कीले मतदान गरेकी छिन् । तर उनको एउटा गुनासो भने यथावत नै थियो । त्यो के हो भने बारम्बार मतदान गरेपनि जनताले देखाएको विश्वास राजनीतिक दलका नेताले पूरा गर्न सकेनन् । अभिनेत्री प्रियंका जस्तै थुप्रै जनताको पनि यहि नै गुनासो मतदान स्थलमा पुगेर भोट हालेपछि सुन्न सकिन्थ्यो । तर यो पटक पार्टी भन्दा पनि स्थानीय तहका लागि काम गर्न सक्ने दक्ष र क्षमता वान व्यक्तिलाई जिताउने अभियानमा नागरिक सजग भएको यो पटकको चुनावमा हामीले पाएका छौ । अभिनेत्री कार्कीले कहाँबाट भोट हालिन् त धेरैलाई जिज्ञासा हुन सक्छ । उनले काठमाडौंको ज्ञानेश्वरमा रहेको मतदान स्थलबाट मतदान गरेकी हुन् । त्यसो त प्रियंकाले मतदान नै नगरी बस्न नहुने तर्क गर्दै आफ्नो अधिकारबाट टाढा भाग्न नहुने भनाइ समेत राख्न भ्याएकी छिन् ।

यस्तै चलचित्र क्षेत्रमा महानायक भनेर ट्याग पाएका राजेश हमालले भने लैनचौरस्थित कन्या हाइ स्कूलमा रहेको मतदान स्थलमा गएर भोट खसालेका छन् । महानायक हमालले स्थानीय निकायको निर्वाचनमा उत्साहजनक तवरले भाग लिए । मतदान पश्चात सञ्चारकर्मी सँग जोडिदै उनले जनताले आफ्नो शक्ति देखाउने समय आएको भनाइ राखे । त्यसो त हमालले विवेक प्रयोग गरेर मतदान गर्न सबै नेपालीलाई आग्रह गरेका छन् । यदि अहिले विवेक पु¥याइएन भने पछि पछुताउनु पर्ने अवस्था आउन सक्छ भन्ने राजेशको ठहर थियो । २० वर्ष अगाडि भएको स्थानीय निकायको निर्वाचनमा पनि हमाल सहभागी भएका थिए ।

अब जाउ अर्कि अभिनेत्री रेखा थापा तर्फ । उनी त अभिनेत्री मात्र होइन राप्रपाकी नेत्रृ समेत हुन् । राप्रपाकी केन्द्रिय सदस्य रेखाले काठमाडौं मित्रपार्कामा रहेको पशुपति क्याम्पसमा रहेको मतदान स्थलमा पुगेर भोट हालेकी हुन् । उनी बिहान १० बजे मतदान स्थल पुगेकी थिइन । उनले भोट हालिसकेपछि संक्षिप्त कुरा गर्दै अब पनि राजनीतिक दलका पार्टीले गल्ती गरे र यदि यो अवसरमा काम गरेनन् भने जनताले माफी नदिने बताइन् । उनले नेतृत्वमा पुग्नेले जनताको गुनासोको सम्बोधन गर्न आवश्यक रहेको औल्याउदै आफूले भोट हालेको पार्टीले नै जित्ने जिकिर गरेकी थिइन् ।

यता सदाबहार नायिका करिश्मा मानन्धरले भने चुनाववमा भोट हाल्न नै पाइनन् । यसो हुनुमा आफ्नो श्रीमान विनोद मानन्धरको कमजोरी रहेको उनले फेसबुक मार्फत सार्वजनिक नै गर्न भ्याइन । नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी करिश्माले श्रीमान प्रति आक्रोश पाख्दै फेसबुकमा लेखेकी छिन्, ‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहाना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन । हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई यो विषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घण्टा लाइन बसेर रजिस्टार गरेँ । बसाई सराईको कागज थिएन । त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेको छु । कसरी गएर भोट दिने ? अब सबै कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’ करिश्माले आफ्नो मतदाता नामावली काठमाडौंमा नभई राजविराजमा पुगेपछि श्रीमान सँग आक्रोश पोखेकी हुन् । श्रीमानले आफ्नो र छोरीको मात्र भोटिङ कार्ड बनाएको उनको भनाइ छ ।

उता गायन क्षेत्रमा राई इज किङ भनेर चिनिने राजेश पायल राईले काठमाडौंको शान्तिनगरबाट मतदान गरेका छन् । त्यस्तै बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले पनि आफ्नो फेसबुक पेज मार्फत भोट हाल्दै गरेको तस्बिर सेयर गरेका छन् । अर्का कमेडी कलाकार दीपकराज गिरीले भने काठमाडौको चन्द्रागिरीबाट मतदान गरेका छन् । मतदानमा नायक आर्यन सिग्देल पनि सरिक भएका छन् । केकी अधिकारी, सुरविना कार्की लगायतका कलाकारले पनि मतदानमा भाग लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो