जापानमा सायद २ को ग्राण्ड प्रिमियर सम्पन्न, मिल्यो सकारात्मक प्रतिक्रिया


Filmy Kura, May 15, 2017 at 3:42 pm

असार ३० गतेबाट अलनेपाल प्रदर्शन हुने फिल्म ‘सायद २’ युनिट यतिबेला विदेशका विभिन्न ठाउँमा विशेष प्रदर्शनको दौडाहामा छ । यसैक्रममा करिव ५०० भन्दा बढि दर्शकको माझमा फिल्म ‘सायद २’को जापानमा विशेष प्रदर्शन भव्य रुपमा सम्पन्न गरिएको छ । फिल्म हेर्न नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल,एन.आर.एन. जापानका अध्यक्ष सुधन थापा लगायतका विशिष्ट व्यक्तिहरु समेत पुगेका थिए ।

‘सायद २’ ले यूवा पुस्ताको वास्तबिक कथालाई उठाएको भन्दै दर्शकहरुले उत्साहजनक प्रतिक्रिया दिएको फिल्मका कार्यकारी निर्माता सुनिल रावलले बताए । जापानमा ‘सायद २’ मा सरिक हुन नेपालबाट निर्मात्री दुर्गिस थापा, निर्माता सुनिल रावल, नायक शुशिल सिटौला, सन्चारकर्मि श्याम अर्याल र सचित खड्का लगायतको टोलि जापान पुगेको थियो । सुनिल रावल, इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेको ‘सायद २’ मा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरुको अभिनय छ । सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको ‘सायद २’ लाई पुष्पराज न्यौपानले निर्देशन गरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो