जेठ ५ गते विनायकको मनको साथी रिलिज हुने (भिडियो सहित)


Filmy Kura, May 15, 2017 at 4:20 pm

त्यसो त यतिबेला फिल्ममा भन्दा ज्यादा स्थानीय निर्वाचनको मत परिणामको चासो आम नागरिकमा रहेको पाइन्छ । यद्धपि फ्राइडे रिलिज परम्परालाई दृष्टिगत गर्ने हो यहि जेठ ५ गतेबाट भने ‘मनको साथी’ नामक चलचित्र रिलिज हुँदैछ ।

विनायक तामाङले लेखन तथा निर्देशन गरेको यो फिल्म विशेषत तामाङ भाषामा छायांकन गरिएको फिल्म हो । तर यसलाई नेपाली भाषामा डव गरेर सबै दर्शकलाई हेर्न मिल्ने बनाइएको छ । सामाजिक कथामा आधारित ‘मनको साथी’ अर्थात सेम्ला ह्रो को निर्मात्री शर्मिला लामा हुन् ।
यस अघि तामाङ भाषाकै फिल्ममा आवद्ध रहेका विनायक यस फिल्ममा भने शीर्ष भूमिकामा रहेका छन् । उनको साथमा बिनु तामाङको प्रमुख भूमिका रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गरेका हुन् । देव महर्जनको द्धन्द्ध, सागर लामाको कोरियोग्राफी रहेको यस फिल्ममा पटकथा तथा संवाद लेखनको काम भने दिपिका लोप्चनले गरेकी छिन् ।

फिल्मीकुरा सँग संवाद गर्दै फिल्मका लेखक, निर्देशक तथा कलाकार विनायकले आफू तामाङ भाषाका लागि मात्र नभई नेपाली भाषाको फिल्मका लागि समेत काम गर्न सक्ने कलाकारको रुपमा प्रुफ गर्न ‘मनको साथी’ मार्फत आएको बताए । यता निर्मात्री शर्मिला लामाले बच्चै बेला देखि फिल्म बनाउने रहर आफुमा रहेको भन्दै परिवारको सपोर्ट कै कारण निर्माणमा हात हालेको बताइन् ।

हेर्नुस् यस्तो बनेको छ फिल्मको ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो