नयाँ कलाकार चढे तारेभीर, निर्देशकले भने छैन पिर (भिडियो सहित)


Filmy Kura, May 22, 2017 at 3:46 pm

तारेभीर भन्न साथ कतिको आङ सिरिङ्ग भयो होला । नहोस् पनि किन तारेभीरबाट खसेर ज्यान गएको समाचार त यहाँले बेलाबखत सुन्नु नै भएको छ । तर यहाँ भने हामी चलचित्र ‘तारेभीर’ को कुरा गर्दैछौ ।

पुराना चलचित्रकर्मी प्रेम सुब्बाको निर्देशनमा वर्षौ अघि तयार भएको ‘तारेभीर’ ले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी तीन गीति भिडियो र ट्रेलर सार्वजनिक गरेको छ । विशेषत् नयाँ कलाकारको बाहुल्यता रहेको यस फिल्मले प्रहरी प्रशासन र पारिवारिक प्रेमलाई मूल विषय बनाएको छ । डिके देवान निर्मित ‘तारेभीर’ मा विष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, दिपेश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मीकुरा सँगको छोटो संवादमा फिल्मका कथाकार तथा निर्देशक सुब्बाले भने, ‘फेस भ्यालु भएका कलाकार तारेभीरमा नभएपनि फिल्मको विषयवस्तु अनुरुप नयाँ कलाकारले न्यायपूर्ण काम गरेका छन् । तारेभीरबाट पिर हैन शिर ठाडो हुने काम गरेको छु ।’ यता कलाकार रेखाले डेव्यू फिल्मबाट धेरै कुरा सिक्न पाएको समारोहमा बताइन् । कलाकार नविन कार्कीले पनि दर्शकलाई फिल्मले निराश नबनाउने भनाई राखे ।

असार २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्ममा पटकथा तथा संवाद प्रेम सुब्बा र सञ्चारकर्मी कृष्ण आचार्यले संयुक्त रुपमा लेखेका छन् । युवराज राईले छायांकन गरेको ‘तारेभीर’ मा जनक गुरुङको द्धन्द्ध, गोविन्द राई र दिनेश माङ्मुको नृत्य, राम प्रसाद चौधरीको सम्पादन रहेको छ । चलचित्रको गीतमा संगीत प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शेर्माले दिएका छन् ।

चलचित्रको प्रदर्शन सफल रहोस् भनि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, निर्देशक विनोद सेरेङ लगायतले शुभकामना दिएका थिए ।

हेर्नुस् यस्तो छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो