पत्रकारिता दिवसमा चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण


Filmy Kura, May 22, 2017 at 5:19 pm

जेठ ७ गते चलचित्र पत्रकारिता दिवस । यसै अवसरमा चलचित्र पत्रकार संघले आफ्नो १८ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस लामो समय देखि कला क्षेत्रमा पत्रकारिता गर्दै आइरहेका क्रियाशिल पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गर्दै मनाएको छ ।


आइतबार एक कार्यक्रमको आयोजना गरी संघले रेडियो नेपाल तथा बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार डा. नवराज लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गरेको छ । यस्तै सगरमाथा टेलिभिजनमा इन्टरटेन्मेन्ट प्रमुख रही फिल्मी कार्यक्रम ‘मूभि एक्सप्रेस’ सञ्चालन गर्दै आइरहेका पत्रकार पारस पौडेल र अनलाइन खवरमा कार्यरत पत्रकार विजय सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । ट्रफी सहित २१ हजार राशीको पुरस्कार नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द विष्ट र बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले प्रदान गरेका थिए । यसै वर्षबाट संघले चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार थप गरेको छ । ल्यापटप सहितको यो पुरस्कार भने पहिलोपोष्टमा कार्यरत श्वेच्छा राउतले पाएकी छिन् ।


चलचित्र पत्रकार संघको नेतृत्व सन्दिप सापकोटा अध्यक्ष रहेको कार्यसमितिले गरिरहेको छ । यस संघको संस्थापक अध्यक्ष भने भरत शाक्य हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो