फरक प्रचार शैली अपनाउदै लालटिन, ख्याल गर्नुस् नजिकिदै छ रिलिज हुने दिन (भिडियो)


Filmy Kura, May 23, 2017 at 7:29 pm

दयाहाङ राई र प्रियंका कार्की स्टारर चलचित्र ‘लालटिन’ ले फरक प्रचार शैली अपनाएको छ । विभिन्न चलचित्रकर्मीको ‘लालटिन’ लाई लिएर आफ्नो आशय सहितको भनाइ र रिलिज मिति फोकस गरिएको भिडियो सोसियल मिडियामा हाल छाइरहेको छ ।

जेठ २६ गतेबाट देशव्यापी प्रदर्शनको थालनी गर्ने सिनेमाले अन्य फिल्म भन्दा बेगल प्रचार शैली अपनाउदा दर्शकको ध्यान केही हद सम्म भएपनि तानिएको छ । त्यसो त यस फिल्मका प्रस्तुतकर्ता भानु प्रताले फिल्मको गुदी नै बलियो रहेको फिल्मीकुरालाई बताएका छन् । कास्ट एण्ड क्रिउमात्र नभई फिल्मको विषय नै दर्शक हल तान्ने मुख्य हतियार भएको प्रस्तुतकर्ता प्रतापको भनाइ छ । यता पहिलो पटक स्टारकास्ट सँग स्क्रिन सेयर गर्ने मौका पाएका द्धय कलाकार राज कटुवाल र निर्जन थापापनि फिल्मलाई लिएर निकै आशावादी छन् । आशावादी यस अर्थमा कि आफूले निभाएको चरित्रबाट दर्शकले निराश हुनु पर्ने अवस्था कति पनि नभएको यी दुईको विश्वास छ । प्रियंका कार्कीसँगको बेडसिनका कारण डेव्यू हिरो निर्जन चर्चामा छन् । यता राजले भने फिल्ममा प्रहरीको भूमिका निभाएका छन् ।

देवकुमार श्रेष्ठ निर्देशित यस फिल्मका लगानीकर्ता अनिम श्रेष्ठ हुन् । करोड माथिको बजेटमा निर्माण भएको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, राज कटुवाल, निर्जन थापा, जनक बर्तौला लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो